ताजा खबर

जनसम्पर्क समिति बेलायतको निर्वाचन आयुक्तमा कानूनविद् कमल कँडेल मनोनयन

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतको छैटौँ महाधिवेशनका लागि निर्वाचन आयुक्तमा कानूनविद् कमल कँडेल मनोनयन भएका छन्।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार आगामी नोभेम्बर २२ तारिख आइतबार हुने समितिको छैटौँ महाधिवेशन सम्पन्न गर्न कँडेललाई निर्वाचन आयुक्तको जिम्मेवारी दिइएको हो।

नेपाली कांग्रेसभित्र देखिएको विभाजनपछि सभापति शेरबहादुर देउवा पक्षले बेलायतमा छुट्टै अधिवेशन गर्ने तयारी गरेको हो। पार्टीभित्रको आन्तरिक विवादले विदेशस्थित नेपाली जनसमुदायलाई समेत विभाजनको संघारमा पुर्‍याएको छ।

सभापति गुरुङले उक्त महाधिवेशनलाई नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने जानकारी दिएका छन्।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम