१५ चैत्र २०८०, बिहीबार
Follow Us

रवि लामिछानेको आक्रोस : हेरौंला, अब एनआरएनको नेपालको सम्पति के हुन्छ ?

नेपालब्रिटेन डट कम्
२२ माघ २०७९, आईतवार १६:०९

लण्डन् । सरकारबाट बाहिरिने निर्णय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मूलधारका मिडिया तथा विदेशमा बस्ने नेपालीहरुप्रति आक्रोश पोखेका छन् ।

आइतबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले मूलधारका पत्रिका र अनलाइन मिडियाको कडा आलोचना मात्र गरेनन् विदेशमा बस्ने नेपालीहरुले आफ्नो डाहा गरेको बताए । लामिछानेले आफुबिरुद्धको फैसलाले एनआरएनहरुको सम्पति समेत खतरामा परेको बताउँदै भने दाईभाइले अंश मुद्धा हालिदिए भने हेरौला, एनआरएनको नेपालको सम्पति के हुन्छ ।

उनले मिडियाका मालिक र सम्पादकलाई देश चलाउने भए आफूसँग चुनावमा लड्न चुनौती समेत दिए । आफूलाई ठुला मिडियाहरुले घेराबन्दी गरेर सिध्याउन खोजेको जिकिर गर्दै लामिछानेले मिडियाका १२ सम्पादकहरू मिलेर देश चलाउन खोजेको आरोप लगाए ।

उनले भने, ‘मैले गरेको अपराध के ? यत्रो मन्त्री बनिरहँदा त यिनीहरूले यो यो अपराध ग¥यो भनेर लेखिदिए त हुन्थ्यो नि १ त्यत्ति कुरा छ, जुन मैले ४ वर्षअघि सार्वजनिक रुपमा बताएको छु । प्रक्रियागत त्रुटि होला त्यसको मैले सजाय भोगेँ । ।’

उनले आफूले पासपोर्ट दुरुपयोग नगरेको जिकिर गर्दै भने, ‘म आफ्नो देश आउन पासपोर्ट लिएको हुँ, त्यसको मैले दुरुपयोग गरेको छैन, त्यसमा कुन कानुन आकर्षित हुन्छ म भोग्न तयार छु । तर मैले स्पष्ट रुपमा ४ वर्षअघि भनेको कुरा, त्यही चिज हेडलाइन बनेको बन्यै छ । १२ भाई पत्रकार जम्मा भएर घरी एउटाले एउटा लेखेको छ, घरी अर्कोले अर्कोतिरबाट यति धेरै प्रहार एउटा मान्छेका लागि ? मैले मै गृह मन्त्रालय जानुप¥यो मै जानुपर्छ भनेर तपाईँहरूले कतै देख्नुभएको छ ?’

पत्रिकाहरुले निरन्तर रुपमा स्वार्थ बाझिनेगरी गृह मन्त्रालयमा जान लागेको भनेर लेखेको प्रति आपत्ति जनाउँदै उनले नामै किटेर कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, अनलाइन खबर सेतोपाटी लगायतका मिडियाका मालिकहरुको बारेमा तिक्तता पोखे ।

उनले भने, ‘नेपाली मिडियाको कन्फ्क्टि अफ इन्ट्रेष्टका बारेमा बोल्ने आँट त कसैलाई छैन । ओहो कान्तिपुरलाई चलायो भने त मार्छ सिध्याउँछ, ढाल्छ । कान्तिपुरले सिध्याइँदिन्छ ? अनलाइन खबर नचालाऔैं सिध्याइँदिन्छ, सिध्याइँदिन्छ ? उसले नभएका कुराहरु निरन्तर रुपमा लेख्ने, ओहो सेतोपाटी चलाउनु हुन्छ अमित ढकालले यत्रो लामो आर्टिकल लेखेर सिध्याइँदिन्छ, यसलाई यसरी बुझ्नुस् भन्छ ऊ, हामीलाई बुझ्न दिँदैन । तपाईँले बुझ्ने हैन, उसले भनेजसरी बुझ्नुपर्छ । यसलाई यसरी बुझ्नुस् भन्नुहुन्छ उहाँ, हामीले बुझ्न पाइँदैन । गलत शीर्षक राखेर।।।पद लोलुप रवि भनेर लेखियो । अनि त्यही शीर्षक हेरेर ट्वीटरमा बस्ने विद्धान साथीहरू लेख्छन्, यी हेर पदलोलुप रवि भन्नुहुन्छ । यसले इन्ट्रेष्टमा लेखेको छ कि त्यसै लेखेको छ अरुलाई त थाहा छैन । अनि माननीय सांसदहरुले पत्रिकामा आएको छ, आज अनलाइनमा आएको छ भन्नुहुन्छ । ती अनलाइनमा सत्य आएको छ ? सही आएको छ ?’

उनले नेपालको मिडियालाई रिजाएर मात्र काम गर्न पाइने नत्र सिध्याउन लागिपरेको उल्लेख गरे । उनले मिडियाका सम्पादकहरुले देश चलाउने हो भने चितवन क्षेत्र नम्बर २ मा चुनाव लड्न आउन चेतावनी दिए । उनले भने, ‘चुनाव लड्न कैलास सिरोहिया आउने कि, रामेश्वर थापा आउने ? अमित ढकाल आउने हो कि शिव गाउँले आउने हो कि ? को–को आउने हो ? देश चलाउने भए चुनावमा आउनुस् । देश तपाईँले चलाउने हैन मिडिया चलाउने हो । अदालतलाई प्रभावित पार्नेगरी एउटै कुरा तपाईँले ५ पटकसम्म लेख्नुभएको छ ।’