१ माघ २०८२, बिहीबार
Follow Us

एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयको बोर्ड पनि फेर्‍यो

नेपालब्रिटेन संवाददाता
२६ फाल्गुन २०७७, बुधबार ०७:५४

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएर एमालेको बोर्ड राखेको छ । यसअघि रहेको नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमाले नामको बोर्ड राखिएको हो ।

गत आइतबार सर्वोच्च अदालतको फैसलाबाट नेकापाबाट एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ । यस्तै सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पनि नेकपा एमालेको बोर्ड राखेको थियो । पेरिसडाँडाको कार्यालयमा भने माओवादी केन्द्रको बोर्ड राखिएको छ ।

धेरै पढिएको