१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘मानसिक डिप्रेसन’ बारे एनआरएनएले अन्तरक्रिया गर्ने

नेपालब्रिटेन डट कम्
२६ माघ २०७९, बिहीबार १०:००

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मानसिक डिप्रेसन बारे अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

संघकोे स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार मानसिक डिप्रेसन, यसका कारण र लक्षणहरू र यसको समाधानबारे जान्नको लागि एनआरएनएको विश्व स्वास्थ्य समितिले सो अन्तरक्रियाको आयोजना गर्न लागेको हो ।

संघले आइतबार, फेब्रोअरी १९ मा भर्चुअल माध्यमबाट बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो ।

विश्वभरका नेपाली आप्रवासी समुदायको ठूलो हिस्सा मानसिक डिप्रेसन वा अन्य मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छ । कोरिया, हङकङ, दक्षिण अफ्रिका, जापान, नेपाल, नाइजेरिया, पोल्याण्ड, अष्ट्रेलिया, युएई, साउदी अरेबिया, रुस होस् वा पोर्चुअल, इङ्ल्यान्ड, कोस्टारिका, क्यानडा वा अमेरिका होस् वा संसारको जुनसुकै भागमा बसोबास गर्ने धेरै नेपालीमा मानसिक डिप्रेशन छ ।

दुर्भाग्यवश, डिप्रेसन भएका धेरै व्यक्तिहरूले यसलाई लुकाउँछन् वा उनीहरूको परिवारका सदस्यहरू अरूसँग यस समस्याबारे खुलेर कुरा गर्न चाहदैँनन । त्यो भन्दाबढी, उनीहरू सोच्छन् यसको कुनै उपचार छैन वा उनीहरू उपचार खोज्दैनन् ।

संघको अपिल

विश्वभरका एनआरएनएका प्रिय साथीहरू,

मानसिक डिप्रेसन, यसका कारण र लक्षणहरू र यसको समाधानबारे जान्नको लागि एनआरएनएको विश्व स्वास्थ्य समितिले आइतबार, फेब्रुअरी १९ मा निम्न समयमा भर्चुअल माध्यमबाट बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जानकारी गराउँदै कार्यक्रममा उहाँको गरिमामय उपस्थितिका लागि सादर अनुरोध गर्दछु ।

विश्वभरका नेपाली आप्रवासी समुदायको ठूलो हिस्सा मानसिक डिप्रेसन वा अन्य मानसिक स्वास्थ्य समस्याबाट ग्रस्त छ । कोरिया, हङकङ, दक्षिण अफ्रिका, जापान, नेपाल, नाइजेरिया, पोल्याण्ड, अष्ट्रेलिया, युएई, साउदी अरेबिया, रुस होस् वा पोर्चुअल, इङ्ल्यान्ड, कोस्टारिका, क्यानडा वा अमेरिका होस् वा संसारको जुनसुकै भागमा बसोबास गर्ने धेरै नेपालीमा मानसिक डिप्रेशन छ ।

दुर्भाग्यवश, डिप्रेसन भएका धेरै व्यक्तिहरूले यसलाई लुकाउँछन् वा उनीहरूको परिवारका सदस्यहरू अरूसँग यस समस्याबारे खुलेर कुरा गर्न चाहदैँनन् । त्यो भन्दाबढी, उनीहरू सोच्छन् यसको कुनै उपचार छैन वा उनीहरू उपचार खोज्दैनन् ।

तर, प्रायः डिप्रेसनलाई उपचार गर्न सकिन्छ वा पर्याप्त उपचारद्वारा व्यवस्थापन गर्न सकिन्छ । हामी ती नेपालीहरूलाई यो वेबिनारमा सामेल हुन अनुरोध गर्दछौं जो आफैँ डिप्रेसनबाट गुज्रिरहेका छन् वा उनीहरूलाई लाग्छ कि उनीहरू यसबाट गुज्रिरहेका छन् । साथै, डिप्रेसनमा परेका वा लामो समयदेखि उदास रहेका व्यक्तिका परिवारका सदस्यहरूलाई पनि कार्यक्रममा सहभागी हुन हामी अनुरोध गर्दछौं । भर्चुअल माध्यमबाट हुने यस वेबिनारमा मानसिक स्वास्थ्य विशेषज्ञ (Psychologist), मनोचिकित्सक(Psychiatrist) र मनोवैज्ञानिकहरूले युवा तथा वृद्ध अवस्थामा, महिला तथा पुरुष दुवैमा, बढ्दो डिप्रेशन मनोविचलन तथा biopolar disorder जस्ता गम्भीर मानसिक स्वास्थ्य समस्याका कारण, लक्षण र समाधानका उपायसहित आत्महत्या निरुत्साहन, रोकथाम र तनाव व्यवस्थापन तथा मनोपरामर्श सम्बन्धमा बृहत छलफल गर्नेछन् ।

तपाई सबै यस वेबिनारमा जोडिएर प्रत्यक्ष रुपमा विज्ञका कुरा सुन्न सक्नुहुन्छ ।

**************************
Date: Sunday, February 19
Time: 9 PM evening Nepal Time

Zoom Meeting ID: 852 7757 4417
Passcode: 057569

Zoom link:
https://us02web.zoom.us/j/85277574417?pwd=Z1h3TExxL2R5ZzNuUStGZ0FKUXNGdz09

धन्यवाद!

डा सञ्जीव सापकोटा
अध्यक्ष, विश्व स्वास्थ्य समिति, एनआरएनए
संयुक्त राज्य अमेरिका
Phone: +678-557-8389
Email: [email protected]