१५ असार २०८१, शुक्रबार
Follow Us

प्रिमियर लिग: आर्सनल र चेल्सी रोकियो

नेपालब्रिटेन संवाददाता
२९ माघ २०७९, आईतवार ०४:१३

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल र नवौं स्थानमा रहेकाे चेल्सी बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले आर्सनललाई १–१ को बराबरीमा तथा चेल्सी वेस्ट ह्यामसँग १–१ को बराबरीमा रोकिएको हो ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका लियान्द्रो ट्रोसार्डले ६६ औं मिनेटमा पहिलो गोल गरे । तर, ब्रेन्टफोर्डका इभाँ टोनेले ७४ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा टुंगिएको हो । बराबरीसँगै आर्सनल ५१ अंकसहित शीर्ष स्थानमै यथावत रहेको छ । ब्रेन्टफोर्ड ३४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीले टोटनह्याम हट्सपरलाई ४–१ ले हराउँदा फुल्हमले नटिङ्घम फरेष्टलाई २–० ले तथा वुल्भरह्याम्पटन वान्डरर्सले साउथह्याम्पटनलाई २–१ ले हराएका छन् ।

वेष्ट ह्यामसँग चेल्सी बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वेष्ट ह्यामसँग बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा चेल्सी वेस्ट ह्यामसँग १–१ को बराबरीमा रोकिएको हो ।

खेलको १६ औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा इमर्सन पाल्मेरीले गोल गर्दै वेस्ट ह्यामलाई १–१ गोलको बराबरीमा ल्याए ।

बराबरीसँगै चेल्सी २२ खेलबाट ३१ अंक जोडेर नवौं स्थानमा रहेको छ । वेस्ट ह्याम २० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।