७ बैशाख २०८१, शुक्रबार
Follow Us

चलचित्र ‘हुक्का’ प्रदर्शन मिति सार्वजनिक

नेपालब्रिटेन संवाददाता
२९ माघ २०७९, आईतवार ०४:१९

काठमाडौं । चलचित्र ‘हुक्का एन :एब्जर्ड ड्रिम’ प्रदर्शन मिति सार्वजनिक भएकाे छ । चलचित्र आगामी चैत ३ बाट प्रदर्शनमा आउने भएको हाे ।

निर्माण युनिटले चलचित्रको फष्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेकाे हाे । फष्टलुकमा चलचित्रका मुख्य कलाकार प्रमिला खनाल, प्रकाश घिमिरे र तेज गिरी देखिएका छन् ।

निर्देशक शम्भु थापाद्वारा निर्देशित चलचित्रमा प्रयत्न श्रेष्ठको शब्द र संगीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन रहेको छ ।

चलचित्रमा प्रमिला, प्रकाश र तेजको अलवा अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विक र सन्तोषकुमार आत्रेयको अभिनय रहेको छ ।

चलचित्र स्पाइनी बाबलर क्रियसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा निर्माण गरिएको हो ।