१३ असार २०८१, बुधबार
Follow Us

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

नेपालब्रिटेन संवाददाता
८ फाल्गुन २०७९, सोमबार ११:३२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको छ । माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच एक घन्टायता वार्ता चलिरहेको स्रोतले जानकारी दिएकाे छ । स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको हो ।