१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बराबरीमा रोकियो म्यानचेस्टर सिटी

नेपालब्रिटेन संवाददाता
११ फाल्गुन २०७९, बिहीबार ०५:०१

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटी जर्मन क्लब आरबी लाइप्जिगसँग बराबरीमा रोकिएको छ । युइएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनलको पहिलो लिगमा घरेलु टोली लाइप्जिगसँग १–१ गोलसँगै सिटी बराबरीमा रोकिएको हो । सिटीका रियाद महारेजले गोल गरे पनि घरेलु टोली लाइप्जिगका जोस्को जिभार्डीओलले बराबरी गोल फर्काएका थिए ।

रेडबुल एरिना लाइप्जिगमा बुधबार राति भएको खेलमा सिटीले लाइप्जिगलाई रियाद महारेजले इल्केए गुन्डोगानको पासमा २७औं मिनेटमा लिएको अग्रता सिटीले जोगाउन सकेन । ७०औं मिनेटमा जोस्को जिभार्डीओलले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यद्धपी, बराबरी भए पनि दुवै टोली क्वाटरफाइनल पुग्ने सम्भावना भने जिबितै छ ।

५८ औं मिनेटमा छिरेका लुकाकुले मिलानलाई दिलाए जीत
प्रि–क्वाटरफाइनलको पहिलो लिगमा इटालियन क्लब इन्टर मिलानले जीत हासिल गरेको छ ।  घरेलु मैदानमा इन्टरले बेल्जियन फरवार्ड रोमेलु लुकाकुको निर्णायक गोलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई १–० ले पराजित गरेको हो । मिलानोमा बुधबार राति भएको खेलमा घरेलु टोली इन्टरले ७८औं मिनेटमा पोर्टो १० खेलाडीमा समेटिएपछि त्यसको फाइदा इन्टरले उठाउन सफल भयो ।

ओटाभियो दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्टो समस्यामा पर्न पुगेको थियो । जसको फाइदा इन्टरले लिन सफल भयो । त्यसपछि निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी हुदाँ मिलानले गोल हानेकाे थियाे । उनी ५८औं मिनेटमा इडेन जेकोको स्थानमा मैदान छिरेका लुकाकुले गोल गर्दै इन्टरलाई जित दिलाए ।