१५ बैशाख २०८१, शनिबार
Follow Us

आज नेपाल र कुवेत भिड्ने

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७९, शनिबार ०३:३२

काठमाडौँ। यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज शनिबार कुवेतसँग खेल्दै छ । नेपालले आफ्नो दोस्रो खेलमा कुवेतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार बिहान १०:४५ बाट सुरु हुनेछ ।

नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । पहिलो खेलमा शुक्रबार सिंगापुरलाई पराजित गरेको थियो । कुवेत भने पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा हङकङसँग पराजित कुवेत नेपाल माथि जित निकाल्न चाहन्छ । लामो समयको अन्तरालमा विश्वकपमा छनोट हुने लक्ष्यका साथ युएइ पुगेको नेपाली टोली जित निरन्तरता गर्न चाहन्छ।

नेपाली टोली बुधबार त्यसतर्फ गएको थियो । प्रतियोगितामा नेपालले देव खनालको कप्तानीमा खेल्नेछ । टोलीको मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् । प्रतियोगितामा नेपालसहित सिंगापुर,कुवेत,हङकङ,मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ ।

नेपालले हङकङ विरुद्ध २७ तारिखमा तेस्रो खेल खेल्नेछ। तेस्रो खेलमा २८ तारिखमा मलेसियाको सामना गर्ने नेपालले २ मार्च घरेलु टोलीसॅंग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने यू-१९ विश्वकपका लागि छनोट हुनेछ।

नेपाली टिम-
देव खनाल (कप्तान) आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा (क) , दीपक बोहरा (ख) , उत्तम थापा मगर, दीपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुवास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा, आकाश चन्द