१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सामाजिक सञ्जालबाट अलग्गिने सेलेनाको घोषणा

नेपालब्रिटेन संवाददाता
१३ फाल्गुन २०७९, शनिबार १२:३९

लसएञ्जल्स । हलिउडकी प्रख्यात गायिका, अभिनेत्री तथा निर्मात्री सेलेना गोमेजका हालका दिनमा चर्चामा छिन् । उनले हालैमात्र सामाजिक सञ्जालमा एउटा रेकर्ड बनाएकी छन् । उनी इन्स्टाग्राममा सर्वाधिक फलो गर्ने महिला बनेकी छन् । उनले काइली जेनरलाई पछि यो मामलामा पछि पारेकी छन् । उनले इन्स्टाग्राममा रेकर्ड राखिरहँदा सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् ।

सेलेनाको इन्स्टाग्राममा २ सय ८३ मिलियन फलोअर छन् । जबकी काइलीको इन्स्टामा ३ सय ८० मिलियन फलोअर छन् । सेलेनाअघि यो रेकर्ड काइलीको नाममा थियो ।

यद्यपि यी सबै सफलताका बावजुद पनि सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने घोषणा गरेकी छन् । ‘म धेरै खुशी छु । म धन्य पनि छु । सारा विश्वमा मेरा राम्रा साथी र राम्रा फ्यान छन् । म यो भन्दा बढी खुशी हुन सक्दिनँ । म ठीक छु । म जस्तो छु, मलाई मनपर्छ । मलाई चिन्ता छैन’, उनले भनेकी छन् ।

३० वर्षीया सेलेनाले आफू सामाजिक सञ्जालबाट टाढिन लागेको स्पष्ट पारेकी छन् । ‘म सामाजिक सञ्जालबाट टाढिँदैछु । किनकी यो थोरै मूर्खतापूर्ण हुन्छ । म ३० वर्षको भएँ । म तपाईंहरुलाई धेरै माया गर्छु । म चाँडै तपाईहरुलाई भेटन आउँदैछु । मलाई अहिले हरेक कुराबाट ब्रेक लिनुछ’, उनले भनेकी छन् ।

सेलेनाले सामाजिक सञ्जालबाट ब्रेक लिने कुरा पहिलोपटक होइन । उनले यसअघि पनि कैयौं पटक मानसिक स्वास्थ्यलाई हवाला दिँदै सामाजिक सञ्जालबाट ब्रेक लिईसकेकी छन् । सन् २०१४ मा गायिकाले आफूलाई बाइपोलर भएको खुलासा गरेकी थिइन् । यो डिप्रेसनभन्दा एक तहमाथि हुन्छ । यद्यपि उनले हार मानिनन् र यो मानसिक रोगसँग लामो समय लडिन् ।