७ बैशाख २०८१, शुक्रबार
Follow Us

वेष्ट लण्डन नेपाली जनसम्पर्क समितिमा नयां नेतृत्व

नेपालब्रिटेन डट कम्
१३ फाल्गुन २०७९, शनिबार २३:१५

लण्डन् । नेपाली जनसम्पर्क समिति बेलायतको वेष्ट लण्डन क्षेत्रीय समिति गठन भएको छ ।

नेपाली जनम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार शनिवार लण्डनमा आयोजिक दोस्रो महाधिवेशनले १३ सदस्सीय नयां कार्यसमितिको गठन गरेको हो ।

अधिवेशनले निशान राईलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको छ । समितिको उपसभापतिमा गणेश राई, महामन्त्री उज्ज्वल पोखरेल, सहमहामन्त्री रोजिना गुरुङ, कोषाध्यक्ष संजय लिम्बू रहेका छन् । यस्तै समितिमा निशेष पोमू, बिनोद कुमार राई, नबीन थापा, सरोज रीमाल, रोजÞन थापा, मकर गुरुङ, यूवराज बूढाथोकी र सुरेश आचार्य सर्वसम्मतले सदस्य चयन भएका छन् । नवगठित कार्यसमितिलाई सभापति गुरुङले बधाई तथा शुभकामना दिएका छन् ।