१६ चैत्र २०८०, शुक्रबार
Follow Us

घरेलु टाेली टोटनहमसँग चेल्सी २–० ले पराजित

नेपालब्रिटेन संवाददाता
१५ फाल्गुन २०७९, सोमबार ०६:०१

लन्डन । टोटेनहम हटस्परले चेल्सीलाई पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगमा टोटेनहमले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गरेको हो । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलमा ओलिभर स्किप र कप्तान ह्यारी केनले ले गोल गदैै चेल्सीलाई २–० ले पराजित गरेको हो । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

दोस्रो हाफको शुरुमै ओलिभर स्किपले गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए भने ८२औं मिनेटमा कप्तान केनले गोल गर्दै टोटेनहमको जित पक्का गरिदिए ।  यस जितसँगै चौथो स्थानमा रहेको टोटेनहमको २५ खेलबाट ४५ अंकमा छ भने चेल्सी २४ खेलबाट ३१ अंकसहित १०औं स्थानमा छ ।