३ असार २०८१, आईतवार
Follow Us

प्रदेश एकको नाममा ‘कोसी’

नेपालब्रिटेन डट कम्
१७ फाल्गुन २०७९, बुधबार १८:२०

विराटनगर। प्रदेश एकको नाम ‘कोसी’ प्रदेश सभा बैठकले पारित गरेको छ। कोशी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए भने विपक्षमा ४ जना प्रदेश सांसदले मतदान गरेको र ६ जना अनुपस्थित रहेका थिए।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक थियो। यो मत प्रदेश सभा सदस्यको दुई तिहाइ मत हो।

प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन्।