२२ आश्विन २०८२, बुधबार
Follow Us

धैर्य गरौं, हामी फेरि उठ्ने छौंः पोखरेल

नेपालब्रिटेन संवाददाता
२५ भाद्र २०८२, बुधबार ०६:२०

काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले धैर्य र संयमित बन्न अपिल गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु फेरि उठ्ने बताएका छन् । पोखरेलले भनेका छन्, ‘धैर्य गरौं, संयमित बनौं, हामी फेरि उठ्ने छौं ।’

जेनजी आन्दोलन उग्र बनेपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले मंगलबार राजीनामा दिएका थिए । पोखरेलको कोटेश्वरस्थित निवास जेनजी आन्दोनलकारीले जलाएका छन् ।

धेरै पढिएको