१६ चैत्र २०८०, शुक्रबार
Follow Us

यूएई जाने नेपाल एयरलाइन्सको विमानमा दुवै महिला पाइलट !

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७९, आईतवार ०२:२२

लण्डन् । काठमाण्डौं – युएई तर्फको उडनमा पहिलो पटक नेपाली महिला पाइलटको टोलीले आफ्नो उडान सफलतापूर्वक भरेका छन् ।

आइतवार, नेपाल वायुसेवा निगमको इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले संगै उडान गरेको पाइलट भावना पन्तले जनाएकी छन् । उनीसंगै को – पाईलट शृजना रावत उडानमा रहेकी थिइन् ।

उनले महिलाहरुको सो उडान गर्न पाउदा आफुलाई भाग्यमानी ठानेको बताउँदै हौसला प्रदान गर्ने लाखौं शुभचिन्तकहरुप्रति धन्यवाद दिएकी छन् ।

उनीहरुले विमान युएई विमान स्थलमा पुगे पछि गैरआवासीय नेपाल संघ (यूएई) ले उनीहरुलाई भव्य स्वागत गरेको गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले जानकारी दिए । सो सम्मानको लागि गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रीय संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका उपाध्यक्ष निरंजन सिलवाल र शोभा शर्मा विमानस्थल पुगेका थिए ।