८ बैशाख २०८१, शनिबार
Follow Us

कलाकार नीर शाह जीवित छँदै शालिक निमार्ण गर्न माग !

नेपालब्रिटेन डट कम्
२१ फाल्गुन २०७९, आईतवार ०४:०२

लण्डन । नेपाली कलाक्षेत्रमा कलाकार, निर्माता तथा निर्देशक नीर शाहको शालिक निर्माण गर्न नेपाल सरकार समक्ष माग गरिएको छ । नेपाली जनम्पर्क समिति बेलायतको आयोजनामा शनिवार लण्डनस्थित फेलथाममा उनको सम्मान आयोजित स्वागत कार्यक्रममा बोल्ने वक्ताहरुले शाहले नेपाली कलाक्षेत्रमा पुरा–याउनु भएको योगदानको उच्चकदर हुनुपर्नेमा बताएका हुन् ।

नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजनका संस्थापक महाप्रबन्धकसमेत रहेका शाह चलचित्र, टेलिचलचित्रका लोकप्रिय कलाकार पनि हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै शाहले नेपाली चलचित्र क्षेत्र र नेपालको राजनीतिक ऐतिहासको बारेमा चर्चा गरे । उनले नेपाली चलचित्र क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपका कारणले ऐतिहासिक कार्यहरु समेत ओझेलमा परेको बताए । उनले भने नेपालको पहिलो चलचित्र हरीशचन्द्र भए पनि सो चलचित्रका निर्माताहरु नेपाली कांग्रेसको पारिवारिक पृष्ठभूमिसँग जोडिएको भन्दै तत्कालिन पंचायती व्यवस्था पहिलो चलचित्रको रुपमा स्वीकार नगरेको बताए । उनले नेपाली चलचित्रको उदय र विकास नेपाली कांग्रेस पार्टीसँग जोडिएको बताए ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै गायिका सरु शर्माले विदेशमा रहेर नेपाली भाषा, संस्कृति र परम्पराको जर्गेना गर्न आग्रह गरिन् । उनले नेपालमा राजनीतिक अस्थिरत रहदा जनता र राष्ट्रिय सुरक्षामा चुनौती आएको बताइन् ।

कार्यक्रममा बोल्दै नेपाली जनसम्पर्क समिति बेलायतका पूर्वअध्यक्ष बिनोद मोक्तानले नेपाली कांग्रेस सरकारमा भएको बेला कलाकार नीर शाहको शालिक निमार्ण गर्न माग गरे । उनले भने– ‘नीर शाहले नेपाली कला तथा संचार क्षेत्रमा गर्नुको योगदानको कदर गर्दै उहाँ निवित रहदै सरकारले शालिक निर्माण गर्नु पर्छ । अनि मात्र उहाँको योगदानको पूर्णरुपमा कदर हुनेछ ।’

‘प्रेमपिण्ड’, ‘वसन्ती’ लगायत ऐतिहासिक विषयमा ८ फिल्म निर्देशन गरेका शाहले तीन सयभन्दा बढी फिल्म र त्यतिकै सङ्ख्यामा टेलिफिल्ममा अभिनय गरेका छन् ।

जनसम्पर्क समिति बेलायतको महामन्त्री रोमिन लिम्बुले संचालन गरेको कार्यक्रममा समितिका संस्थापक उपाध्यक्ष अनोज चित्रकार, सल्लाहकार राजकुमार सुनार लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा कलाकारद्वय शाह र शर्मालाई नेपाली जनम्पर्क समिति बेलायतले खादा तथा फुलको गुच्छाले स्वागत तथा सम्मान गरेको थियो । शाह लगायत करिब दुई दर्जन नेपाली कलाकार एक साता लामो नेपाली फिल्म महोत्सवमा भाग लिन बेलायत आएका हुन् ।