३२ असार २०८२, बुधबार
Follow Us

बरिष्ठ लोक गायक राजेन्द्र लम्सालको पोर्चुगलमा निधन

नेपालब्रिटेन डट कम्
२३ फाल्गुन २०७९, मंगलवार ०२:०८

लण्डन् । बरिष्ठ लोक दोहोरी गायक राजेन्द्र लम्सालको पोर्चुगलमा निधन भएको छ । गैरआवासीय नेपाली संघ स्पेनका हेम राज सुवेदीका अनुसार उनको सोमवार राति निधन भएको हो । उनी मृगौला रोगको पिडित थिए ।

लम्साल राष्ट्रिय दोहोरी गीत प्रतिष्ठानका नेपालका संस्थापक समेत थिए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूरोप शाखाका संस्थापक तथा संरक्षकको समेत लम्सालले जिम्मेवारी समालेका थिए । उनको निधनमा गैरआवासीय नेपाली संघ पोर्चुगलले दुःख व्यक्त गरेको छ ।

धेरै पढिएको