७ बैशाख २०८१, शुक्रबार
Follow Us

महिलाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नु पर्छ : एनआरएनए, अध्यक्ष रविना थापा

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७९, बुधबार ०५:२७

लण्डन् । गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाले महिलालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र विदेशमै कामका गर्न चाहनेका लागि सम्मानजनक रोजगारीको माग गरेकी छन् ।

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक शुभकामना सन्देश दिदै थापाले स्वदेशमा समान कामका लागि समान पारिश्रमिक नपाउने, महिला भएकै कारण हिंसामा पर्नुपर्ने, महिलाको क्षमतामा प्रश्न खडा गर्ने, रोजगारीका लागि विदेशिनुपर्ने लगायतका कयौँ समस्या अहिले पनि विद्यमान रहेको बताएकी छन्।

उनले सन्देशमा ‘विश्व श्रम बजारमा रहेका कयौँ नेपाली दिदीबहिनीले समस्याग्रस्त जीवन बिताइरहेको तथ्य पनि हामी सामु छ । महिलालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र विदेशमै कामका गर्न चाहनेका लागि सम्मानजनक रोजगारीको लागि हामी सबैको तर्फबाट पहलकदमी लिनु जरुरी ठानेकी छु ।

आार्थिक अवस्थामा मजबुत नभएकै कारण महिलाहरु हिंसामा पर्ने गरेको तथ्य नेपालमा भएका विभिन्न अध्ययनले देआखाएको छ । यसर्थ महिलालाई आर्थिक रुपमा सक्षम, सबल र आत्मनिर्भर बनाउन सरकार र हामी लगायतका सरोकारवालाको भूमिका अहम हुन्छ भन्ने मलाई लाग्दछ । महिला सशक्तीकरण, सहभागिता र समानताको विषय महिला सरोकार मात्रै होइन । महिला र पुरुष दुवैको समान र सक्रिय भूमिकाबाटै महिला अधिकार सुनिश्चित हुन्छ भन्ने विश्वास लिएकी छु । यसर्थ, हामी जुटेरै महिला सशक्तीकरण सुनिश्चत गर्न सकिन्छ ।

अन्तमा‚ यस दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚ विभेद‚ उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न हामी सबैमा थप उर्जा र उत्साह प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गर्दछु’ उल्लेख गरेकी छन् ।


१३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना सन्देश

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दछु । विश्वभर महिला आन्दोलनले ल्याएको परिवर्तन एवं प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै लैङ्गिक समानता स्थापनाका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा राष्ट्र संघले DigitALL: Innovation and Technology for gender equality” भन्ने लक्ष्य तय गरेको छ ।

मुलुकको समृद्धि र दिगो विकासका लागि महिलाहरूको आर्थिक, सामाजिक तथा संरचनात्मक रुपान्तरण अति आवश्यक छ भन्ने मलाई लाग्दछ । नेपालको तीनै तहका सरकार, संसद र नीति निर्माणका निकायमा महिलाको नेतृत्वदायी भूमिका सुदृढ भएको छ । महिला सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न हामीले संविधानमार्फत आधारभूत व्यवस्थाहरू गरी विभिन्न कानुन समेत अभ्यासमा छन् तर ती अझै पर्याप्त छैनन् ।

स्वदेशमा समान कामका लागि समान पारिश्रमिक नपाउने, महिला भएकै कारण हिंसामा पर्नुपर्ने, महिलाको क्षमतामा प्रश्न खडा गर्ने, रोजगारीका लागि विदेशिनुपर्ने लगायतका कयौँ समस्या अहिले पनि विद्यमान छन् । विश्व श्रम बजारमा रहेका कयौँ नेपाली दिदीबहिनीले समस्याग्रस्त जीवन बिताइरहेको तथ्य पनि हामी सामु छ । महिलालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने र विदेशमै कामका गर्न चाहनेका लागि सम्मानजनक रोजगारीको लागि हामी सबैको तर्फबाट पहलकदमी लिनु जरुरी ठानेकी छु ।

आार्थिक अवस्थामा मजबुत नभएकै कारण महिलाहरु हिंसामा पर्ने गरेको तथ्य नेपालमा भएका विभिन्न अध्ययनले देआखाएको छ । यसर्थ महिलालाई आर्थिक रुपमा सक्षम, सबल र आत्मनिर्भर बनाउन सरकार र हामी लगायतका सरोकारवालाको भूमिका अहम हुन्छ भन्ने मलाई लाग्दछ । महिला सशक्तीकरण, सहभागिता र समानताको विषय महिला सरोकार मात्रै होइन । महिला र पुरुष दुवैको समान र सक्रिय भूमिकाबाटै महिला अधिकार सुनिश्चित हुन्छ भन्ने विश्वास लिएकी छु । यसर्थ, हामी जुटेरै महिला सशक्तीकरण सुनिश्चत गर्न सकिन्छ ।

अन्तमा‚ यस दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा‚ विभेद‚ उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चत गर्न हामी सबैमा थप उर्जा र उत्साह प्राप्त हुन सकोस् भनी शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

रविना थापा

कार्यकारी अध्यक्ष

गैरआवासीय नेपाली संघ