लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोलि आइतवार नारी दिवस मनाउने तयारी गरेको छ ।
संघकी सचिव राधिका गुरुङका संघको महिला विभागले दिउसो ४ बजे पछि भर्चुअल कार्यक्रमको आयोजना गर्न लागेको हो । उपसभामुख ईन्दीरा राना मगरको प्रमुखआतिथ्यमा आयोजना हुने ११३ औं नारी दिवसलाई संघकी अध्यक्ष रविना थापा, मानवअधिकार आयोगकी। सदस्य लिली थापा, शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङ, पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ र पत्रकार बबिता बस्नेतले सम्बोधन गर्ने भएका छन् ।
संघकी महिला संयोजक संगिता मरहठ्टाले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएकी छन् । संघको महिला विभागकी प्रमुख तथा उपाध्यक्ष यासमिन बेगम सैयदले कार्यक्रममा सहभागी भैदिनको लागि सबै गैरआवासीय नेपाली संघका सदस्यहरुलाई आग्रह गरेकी छन् ।
प्रतिक्रिया