१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अभिनेत्री नीताको आपत्ति

नेपालब्रिटेन संवाददाता
६ चैत्र २०७९, सोमबार ०५:४२

काठमाडौं । अभिनेत्री नीता ढुंगानाले कामको कुरालाई व्यक्तिगत जीवनसँग जोडेर भ्रामक हेडलाइन राखेको भन्दै आपत्ति जनाएकी छन् ।

भिडियोमा देखाइएको दृष्यलाई व्यक्तिगत जीवनसँग जोडेर युट्युवमा भ्रामक हेडलाइनहरु आएपछि उनले आपत्ति जनाएकी हुन् ।

ढुंगानाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस लेखेर उक्त भ्रामक हेडलाइन प्रति भर्त्सना प्रकट गर्दै प्रेस काउन्सिललाई ध्यानाकर्षण गराएकी छन् ।

ढुंगाना अभिनित म्युजिक भिडियाे ‘मरिहत्ते’ को बिहीबार एक पत्रकार सम्मेलन कार्यक्रममा उनलाई भिडि‌याे गर्दाको अनुभवबारे सोधिएको थियो । भिडियोमा उनी गर्भवती महिलाको भूमिकामा प्रस्तुत भएकी छन् । सोही चरित्र निभाउँदाको अनुभवबारे आफ्ना धारणाहरु व्यक्त गरेकी थिइन् ।

अन्तरर्वार्तापछि भिडियोहरु सार्वजनिक हुँदा युट्युवभरि आफू गर्भवती भएको र आमा बनेको हेडलाइनले आफ्नो व्यक्तिगत जीवनमा समेत नकारात्मक प्रभाव पारेको उनको भनाइ छ ।