७ बैशाख २०८१, शुक्रबार
Follow Us

क्षेत्री समाज यूकेमा पहिलोपटक महिला नेतृत्व

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७९, मंगलवार २१:३१

लन्डन । क्षेत्री समाज यूकेको ऐतिहासमा पहिलो पटक महिलाले नेतृत्व गर्ने भएकी छन् । संस्थाको आठौँ वार्षिक साधारणसभाको लागि वर्तमान उपाध्यक्ष श्रद्धा थापाको एक मात्र उम्मेदवारी परे पछि उनी निर्विरोध भएकी हुन् ।

संस्था संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यही मार्च २५ तारिख शनिबार अल्डरसटस्थित एम्पाएर हलमा हुने साधारणसभाले संस्थाको नयां नेतृत्वको औपाचारिक रुपमा घोषणा गर्नेछ ।

साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। निर्वाचन समितिका अनुसार उपाध्यक्षहरु टेकबहादुर घर्ती र दीर्घ केसी, महासचिवमा ध्रुब बहादुर गौतम, कोषाध्यक्षमा अन्जना थापा, सह–कोषाध्यक्षमा सम्झना अधिकारी क्षेत्री, सचिवमा राजु बोहोरा, मिडिया सेक्रेटरीमा नरेन्द्र बस्नेत, पब्लिक रिलेशन सेक्रेटरीमा दिलबहादुर जीसी, कल्चरल सेक्रेटरीमा हिमा क्षेत्री, ओमेन कोअर्डिनेटरमा माया केसी निर्विरोध भएका छन् ।

यसैगरी सदस्यहरुमा टोपबहादुर राउत (रुपेश), सरोज थापा, अन्जना थापा, अजय थापा र रामबहादुर कार्की (शिव) ले उम्मेदवारी दर्ता गरेका छन् ।

सन् २००७ मा स्थापित ‘क्षेत्री समाज यूके’ बेलायतमा बसोवास गर्ने क्षेत्रीहरुको साझा सामाजिक संस्था मानिन्छ ।

क्षेत्री समाज जातीय संगठनमात्र नभई यो सामुदायिक हित र पहिचान स्थापित गर्न अग्रसर रहेको बस्नेतले जानकारी दिए ।