लण्डन् । गैरआवासीय नेपाली संघ क्यानाडाले सदस्यता वितरण सुरु गरेको छ । संघका अध्यक्ष दीपक गौतमका अनुसार अगामी जुलाई महिनामा हुने संघको महाधिवेशनमा उम्मेदवार बन्न र मतदान गर्न चाहानेहरुको लागि सदस्यता खुल्ला गरिएको हो । संघले अगामी मे १५ तारिख भित्र सदस्यताको लागि आवेदन दिन आग्रह गरेको छ ।
सदस्यता वितरण समितिको सूचना
गैरआवासीय नेपाली संघ क्यानडाले यहि २०२३ मार्च १५ बाट लागुहुने गरि संस्थाको साधारण सदस्यता सदस्यता खुल्ला गरेको छ । आगामी २ बर्ष (२०२३ देखि २०२५) सम्मका लागी मे १५ सम्म खुल्ला रहने सदस्यता लिनका लागी निम्न प्रावधानहरु रहेका छन ।
१) सदस्यता शुल्क १५ क्यानेडियन डलर रहेको छ । यो सदस्यता २ बर्षका लागी मान्य रहनेछ ।
२) डकुमेन्टका लागी क्यानेडियन सिटिजनसिप, क्यानेडियन पिआर कार्ड, क्यानेडियन पासपोर्ट क्यानेडियन सवारी चालक अनुमति पत्र, क्यानेडियन फोटो आइडी, गैरआवासीय नेपाली परिचयपत्र (नेपाल सरकार वा नेपाली दुतावास अटोवाबाट जारी गरिएको) वा अन्य कुने फोटो, नाम र ठेगाना खुल्ने क्यानडाको संघिय वा प्रान्तिय सरकारबाट जारी म्याद नसकिएको परिचयपत्र प्रयोग गर्न सक्नुहुनेछ । यदि तपाईले प्रयोग गरेको कागजातमा ठेगाना खुलेको छैन भने ठेगाना खुल्ने कागजात अनिवार्य अपलोड गर्नुहोला । जसका लागी कम्पनिको नाम, लोगो, व्याक्तिको नाम र ठेगाना स्पष्ट देखिने कागजातको फोटो अपलोड गर्न सक्नुहुनेछ ।
३) आजीवन सदस्यको हकमा छुट्टै व्यावस्था गरिने छ ।
४) सदस्ता भेरिफिकेसन समितिले आफ्नो काम शुरु गरेपछि तपाईको सदस्यता सम्वन्धि आबेदनमा केहि त्रुटि भएमा तपाँइले प्रयोग गरेको टेलिफोन वा इमेल मार्फत सम्पर्क गरिने छ ।
यहाँहरुको कुनै सल्लाह, सुझाब, टेक्निकल समस्याहरु भएमा हामीलाई सिधै [email protected] ईमेल वा टोल फ्री नम्बर 18446762226 मा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध पनि गरिन्छ।
सदस्यता बन्न सहजताको लागी तलको भिडियो हेर्नुहोला ।
https://youtu.be/u5jAoPZEGpc
धन्यबाद
सदस्यता वितरण समिति
गैरआवासीइ नेपाली संघ, क्यानडा ।