२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए पोर्चुगलमा निर्वाचनको रौनक, सदस्यता वितरण सुरु

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७९, बुधबार ००:४४

लण्डन् । गैरआवासीय नेपाली संघका विश्वभर छरिएका राष्ट्रिय समितिहरुमा सदस्यता वितरणलाई तिब्र पारिएको छ । यसैबीच गैरआवासीय नेपाली संघ प्रोर्चुगलले समेत मंगलवार देखी सदस्यता वितरण सुरु गरेको हो । एनआरएनए प्रोर्चुगलमा महासचिव राजकुमार थापाका अनुसार आगामी जुलाई महिनामा हुने महाधिवेशनमा माग लिन चाहनेहरुको लागि सदस्यता खुल्ला गरिएको हो ।


पोर्चुगलको पन्जिकृत सदस्यता खुलाइ वितरण सुरु गरिएको बारे अत्यन्त जरुरी

आदरणीय पोर्चुगलबासी सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइ तथा महानुभावहरुमा सादर नमस्कार ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA- NCC, Portugal)
पोर्चुगलको मिति ५ मार्च २०२३ आइतबार बसेको पूर्ण बैठकले निर्णय गरे बमोजिम केन्द्र(आइसिसी) बाट १६ मार्च २०२३ मा स्वीकृत भइ आएको सन्दर्भमा पन्जिकृत सदस्यता खुलाइ वितरणका लागि निम्न बमोजिम समिति, नियम र आचारसंहिता निर्माण गरी सम्बन्धित सबैमा जानकारीका लागि यो अत्यन्त जरुरी र महत्त्वपूर्ण सूचना जारी गरिएको छ ।

गैरआवसीय नेपाली संघ पोर्चुगलको आगामी सन् २०२३-२५ कार्यकालको लागि मिति १६ मार्च २०२३ का दिन देखि सदस्यता खुला गरी वितरण सुरु गरिएकोले समयमा नै सदस्यता लिइ गैरआवासीय नेपालीहरुको हक, अधिकार प्राप्त गर्न विनम्र अनुरोध गर्दछौं ।

सदस्यता वितरण प्रयोजनका लागि

सदस्यता भेरिफिकेसन समिति (Membership Verification Committee)

१) अध्यक्ष : रविन अधिकारी
२) उपाध्यक्ष : उमेशकुमार खड्का
३) महासचिव : राजकुमार थापा

सदस्यता सुपरभाइजरी समिति
(Membership Supervisory Committee)

१) तिलक गैरे – उपसंयोजक, एनआरएनए, युरोप क्षेत्र ।
२) रोबोट लिम्बू – युवा उपसंयोजक, एनआरएनए, युरोप क्षेत्र ।

सदस्यता प्राप्त गर्दा अप्नाउनु पर्ने प्रक्रिया, नीति, नियम, कर्तव्य र आचारसंहिता सम्बन्धि जानकारी :

१) गैरआवासीय नेपाली संघ पोर्चुगलको सन् २०२३-२०२५ कार्यकालको लागि आम पोर्चुगलबासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुका लागि सदस्यता खुला गरी वितरण गर्न औपचारिक रूपमा केन्द्र(आइसिसी) बाट स्वीकृत र अनुमति प्राप्त भइ १६ मार्च २०२३ बिहीबारका दिन आए बमोजिम १६ मार्चदेखि नै लागु हुने गरी सदस्यता खुल्ला गरी वितरण सुरु गरिएको छ ।

२) गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता लिनको लागि गुगल प्ले स्टोर वा एप्पल स्टोरबाट SMART NRNA एप्लिकेसन डाउनलोड गरेर “एप” मा भने अनुसार सम्पूर्ण विवरण अनिवार्य भर्नु र डकुमेन्टहरु समावेश गर्नु पर्नेछ ।

३) गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता शुल्क १०(दस)युरो तोकिएको छ ।सदस्यता वापतको शुल्क NRNA, Portugal को उल्लेखित बैंक खाता नम्बरमा जम्मा गर्नु पर्नेछ ।

A/C Name : Associacao Nepaleses Residentes Portugal

NIB : PT 50 0079 0000 3067 6290 1018 0

Bank Name : EuroBic

बैंक एकाउन्टमा सदस्यता शुल्क १०(दस) युरो जम्मा गरेको प्रमाण अनिवार्य रूपमा फारमका साथ संलग्न गरी सदस्यको नाम खुल्ने गरी जम्मा गर्नु पर्नेछ ।

४) “एप”मा सदस्यता भर्दै गर्दा बीचमा छोडिएका फाईलहरु ड्राफ्टमा गएर बस्ने हुनाले सदस्यता भर्न चाहने व्यक्ति आफैंले बाँकी विवरण भरेर पूरा गर्नुपर्ने हुन्छ । पुरा नभरिएका वा डकुमेन्ट पुरा नभएका फाईलहरु स्वीकृत हुने छैनन् । त्यसैले ड्राफ्टमा बसेको फाईलहरुको जिम्मेवारी भर्न चाहने सदस्य स्वयंले लिनुपर्ने हुन्छ। ड्राफ्टमा भएको फाईलका बारेमा भेरिफिकेसन समितिले ईमेल वा अन्य कुनै माध्यमले जानकारी पठाउन सक्छ । तर पूर्ण नभएको त्यस्ता फाईलको लागि गैरआवासीय नेपाली संघ पोर्चुगल सदस्यता वितरण गर्न बाध्य हुने छैन ।

५) सम्पूर्ण विवरण र प्रकृया पुरा भएका फाईलहरु मात्र अन्तिम स्वीकृतिका लागि भेरिफिकेसन समितिमा आइपुग्दछन् । स्वीकृत हुन आउने सम्पूर्ण फाईल र डकुमेन्टहरुको गहन रूपमा अध्ययन गरिनेछ । गैरआवासीय नेपाली संघको विधि, विधान र नीति, नियम पूरा गरी आएको फाईलहरुलाई मात्र स्वीकृत गरिनेछ । यदि संघको विधि, विधान र नीति, नियम प्रतिकूल आएको फाईलहरु जस्तै : बैंकमा पैसा तिरेको प्रमाण नपुगेको वा विवरण गलत भएको, गलत फोटो, गलत आइडी कार्ड वा डकुमेन्टको प्रयोग गरिएको वा समय नपुगेको र संघको विधान मेल नखाने देखिए वा पाइएमा त्यस्ता आवेदनहरु स्वीकार गरिने छैन । त्यस्ता फाइलहरुको प्रमाण राखी सम्बन्धित पक्षलाई जानकारी दिनुपर्ने भए उपलब्ध गराइने छ ।

६) गैरआवासीय नेपाली संघ पोर्चुगलका सबै पञ्जिकृत सदस्यहरुले यस संघको विधि, विधान र नीति, नियम पालनको गर्नु कर्तव्य हुनेछ । यदि कोही व्यक्तिले पंजिकृत सदस्य प्राप्त गरिसकेपछि पनि संस्थाको हित वा विधान विपरित कामकारबाही गरेको वा कर्तव्य पालन नगरेको देखिए वा ठहरिएमा संघले सदस्यता खारेजसम्म गर्न सक्नेछ।

७) सदस्यताको रकम बैंकमा जम्मा भएको यकिन भएपछि मात्र सदस्यता स्वीकृत गरिनेछ ।

८) सदस्यताको रकम बैंकमा तिर्दैमा सदस्यता पाई हालिदैन । गैरआवासीय नेपाली संघले तयार पारेको स्मार्ट (SMART NRNA) एनआरएनए एप मार्फत आवश्यक सम्पूर्ण डाटा भरेर आएमा मात्र सदस्यता स्वीकृत भइ सदस्यता प्राप्त हुनेछ ।

९) SMART NRNA को एप बाहेक अन्य कुनैपनि निवेदन, म्यासेन्जर, फोन वा ईमेल मार्फत आएको सदस्यता आवेदनलाई मान्यता दिईने छैन र यस्तो आवेदन उपर कुनै कामकारबाही हुने छैन ।

१०) गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्यता वितरणमा विधान विपरीत कुनैपनि खालको कामकारबाही भएको पाइए वा ठहर भएमा कार्यसमितिको बैठकले त्यस्तो गलत कामलाई निरुत्साहित गर्न विधान बमोजिम आवश्यक निर्णय गरी कार्यान्वयन गर्नेछ र यसको जानकारी केन्द्रमा पनि पठाईनेछ।

११) गैरआवासीय नेपाली संघ पोर्चुगलका पुराना सदस्यता कार्ड नयाँ सदस्यता भर्न वा प्राप्त गर्न डकुमेन्टको रूपमा मान्यता हुने छैन। अहिले अप्नाइएको नयाँ प्रक्रिया बमोजिम पुरै विवरण भरी सन् २०२३-२५ को लागि सदस्यता कार्ड प्राप्त गर्नु पर्नेछ ।

१२) कुनै कारणवस एक व्यक्तिको एक भन्दा बढी सदस्यता फारम भरी कायम हुन आएमा भेरिफिकेसन समितिले आवश्यक जाँचबुझ गरी एउटा बाहेक अन्य सदस्यताको डकुमेन्ट खारेज गर्नेछ ।