१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘त्रुटि मानिस बाटै हुने हो’

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७९, शुक्रबार ०६:५१

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनित एक विज्ञापन पछिल्लो समय निकै आलोचना भइरहेको छ । सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् ।

धेरैले नानाथरी टिप्पणी गरेपछि करिश्माले अब आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएकी छिन् । उनले फेसबुक पेजमा लेखेकी छिन्, ‘त्रुटि मानिस बाटै हुने हो ! यसको प्रचार काममा मेरो उपस्थिति रहने भए पनि प्रचार निर्माण सामग्रीमा मेरो हात हुँदैन । ’