१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलारुसमा अलपत्र पारिएका ९ जना महिलाहरुलाई नेपाल फर्काइयो

नेपालब्रिटेन संवाददाता
१० चैत्र २०७९, शुक्रबार १९:३१

काठमाडौं । बेलारुसमा अलपत्र पारिएका नौ जना नेपाली महिलाहरुलाई आम जनदवाव र सामाजिक अभियन्ताहरु मिलेर स्वदेश फर्काइएको छ ।

स्वदेश फर्किनेमा सानुमाया तामाङ, कविता थापा मगर, अन्जना मगर, रत्नमाया राई, पावती तिलुङ, रमिता राई, सानुमाया तामाङ, मीना गुरुङ र मार्था सोताङ राई गरेर ९ जना नेपाली चेलिहरु रहेका छन् ।

उक्त कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेषत रुसमा रहेका नेपाली राजदूताबास, नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल प्रहरीको राम्रो साथ सहयोग प्रदान भएको सामाजिक अभियन्ता कृतु भण्डारीले जानकारी दिएकी छिन् ।

उनले भने, ‘यो कार्यमा नेपाल सरकारका विभिन्न निकायहरु विशेपत रुसमा रहेका नेपाली राजदूताबास नेपालको कन्सुलर विभाग, वैदेशिक रोजगार विभाग, नेपाल पहीले पनि यसमा राम्रो साथ सहयोग प्रदान गरेको छ । विभिन्न राजनीतिक दलहरुले यसमा चासो राखी उत्प्रेरणा प्रदान गरेको, एक राजनीतिक दल नेकपा एकीकृत समाजवादीले वक्तव्य नै जारी गरी नेपाल सरकारलाई दवाव सिर्जना गरेको र आम नागरिकहरुले विभिन्न तरिकाले सहयोग प्रदान गर्नुभएको छ ।’

उनले ९ जना महिलाहरुलाई गलत कागजात बनाई विदेशमा अलपत्र पार्नेहरुको खोजी गरी कानूनी कारवाहीको साथै ठगी वा मानव बेचविखनको आपराधिक जालोमा नपर्ने प्रकारको कानूनी व्यवस्था र आधुनिक प्रणालीहरुको व्यवस्था गर्न माग गरेकी छिन् ।

वैदेशिक रोजगारमा जानका लागि कुनै पनि प्रकारको स्वीकृति दिने सरकारी निकाय भएपनि यस्तो कार्यबाट सिर्जित समस्या विभागको कार्यक्षेत्र भित्र नपर्ने व्याख्या गरेको भन्दै यस्तो कामको जिम्मेवारी सरकारले लिनुपर्ने पनि उनको भनाई छ ।

यस विषयप्रति चासो देखाउदैँ उत्प्रेरणा प्रदान गर्ने नेकपा एकीकृत समाजवादी, आम नागरिक र प्रतिनिधि संगठन अखिल नेपाल महिला संघलगायत सम्पूर्ण सहयोगी हातहरुलाई पनि उनले धन्यवाद ज्ञापन गरेकी छिन् ।