१६ चैत्र २०८०, शुक्रबार
Follow Us

मगर संघ रेडिङ ब्रान्चमा पुन: सोब रेगामी

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७९, आईतवार ०४:२५

लण्डन । मगर संघ रेडिङ शाखाको अध्यक्षमा पुन सोब रेगामी चयन भएका छन् ।

शाखाको हालै सम्पन्न आठौँ अधिवेसनले रेगामीको अध्यक्षतामा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा चन्द्र पुन, महासचिव तुलप्रसाद पुन, कोषाध्यक्ष चेत रेगामी, सचिव गोविन्द अर्मजा र उपकोषाध्यक्षमा प्रकाश गलामी रहेका छन् । सदस्यहरूमा तेज रानामगर, गीता पुन, तुलबहादुर थापा, खेम थापा, रोशन आले, नर पुन, नविन थापा, रीता पुन, हिमकुमारी रास्कोटी, पुष्पा राना, सानु थापा, अनिल सुनारी मगर, महेन्द्र आले, घनश्याम पुन, हेम थापा, प्रकाश काउछा, नीतु राना, बट्टुमाया थापा, रुक्मिणी राना, दीपा आले र गंगा सिन्जाली रहेका छन् ।

नयाँ कार्यसमिति चयन गर्नका लागि क्याप्टेन रिटायर्ड चन्द्र पुनको अध्यक्षतामा राम गलामी उपसंयोजक, टीका दर्लामी सचिव तथा टीकाजी राना र पहल थापा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।