काठमाडौं । न्युयोर्क राज्यको, न्युयोर्क सिटी अन्तर्गत अमेरिकी सरकारी निकायमा पहिलो नेपाली अमेरिकन महिला न्यायाधीशका रुपमा रिना गुरुङ नियुक्त भएका छन् ।
अमेरिकी न्यायालयमा नेपाली महिला पहिलो न्यायाधीशको रुपमा नियुक्त भएको भन्दै गुरूङ (तमु) सोसाईटी इंक, युएसएका अध्यक्ष तोरण गुरुङले बधाई दिएका छन् ।
सन् २००२ मा बोष्टन युनिभर्सिटीबाट उच्च शिक्षा हासिल गरेका गुरुङले अमेरिकामा बस्ने नेपालीमध्येमा न्यायाधिश नियुक्त हुने पहिलो व्यक्ति बनेका छन् ।
यो नियुक्तिले अमेरिकामा बसोबास गर्ने मात्र नभएर विश्वमा रहेका नेपालीको शीर उचो बनाउने काम भएको भन्दै सर्वत्र प्रशंसा भएको छ ।
गुरुङ कास्कीको धम्पुस पुरानो घर भई हाल पोखरा–१०, रामघाट बासिन्दा हुन् ।