लण्डन । नयां वर्षको अवसर पारेर पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् ।
प्रवासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटिको आयोजना र कला, साहित्य तथा सांस्कृति विभागको व्यवस्थापनमा आगामी विहीवार हुने भर्रचुअल शुभकामना साँझ कार्यक्रमलाई ओलीले सम्बोधन गर्न लागेको विभाग प्रमुख सरस्वती केसीले जनाकारी दिइन्
नेपाली समय साँझ ८ बजेबाट शुरु हुने सो कार्यक्रममा ख्यातिप्राप्त जनकलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।
सो कार्यक्रममा सहभागी हुन प्रवासी नेपाली मंच, अन्तराष्ट्रिय कमिटिले प्रवासी नेपालीहरुलाई आग्रह गरेको छ ।