१४ बैशाख २०८१, शुक्रबार
Follow Us

मर्गेज म्याटर्सको शाखा कार्यालय सलाउमा

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७९, सोमबार १८:२०

लण्डन । बेलायतमा मर्गेज सम्बन्धी सल्लाह दिदै आएको मर्गेज म्याटर्सले आफ्नो शाखा विस्तार गरेको छ ।

सन् २०१२ देखि निरन्तर सकृय सो कम्पनीले सलाउमा शाखा विस्तार गरेको हो ।

मर्गेज म्याट्र्सका निर्देशक ऋषि खनालले कम्पनीको नयां शाखा मार्फत सेवा प्रभाव गर्न पाउदा खुशी लागेको बताए ।

‘ग्राहकहरूले अन्ततः नयाँ घरको साँचो पाएपछि उनीहरूको अनुहारमा मुस्कान अतुलनीय छ, यसले मलाई पूर्ण काम सन्तुष्टि दिन्छ र मेरो लागि अझ बढी प्रतिबद्ध बनाउँछ’ खनालले भने।

उनले पहिले जस्तै ग्राहकहरुको निरन्तर सहयोगको अपेक्षा अपेक्षा गरेका छन् । कम्पनीले लन्डन कार्यालयबाट पनि नियमित सेवा दिने बताइएको छ ।