१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सोलार फार्म ग्रुपले लियो झापामा नयाँ फार्म, ६ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य

नेपालब्रिटेन डट कम्
१८ चैत्र २०७९, शनिबार १९:१०

काठमाौं । सौर्य उर्जाबाट विद्युत उत्पादन गर्ने नेपालको अग्रणी कम्पनी सोलार फार्म ग्रुपले झापाको बैगुनधुरास्थित ईस्ट सोलार प्रालीलाई खरिदसम्झौता गरेको छ ।

तनहुँको बेलचौतारामा सौर्य उर्जामार्फत ५ मेघावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रसारणमा जोडिसकेको ग्रुपले झापामा रहेको अर्को कम्पनी खरिदसम्झौता गरेको हो । ३० वर्षका लागि लिजमा लिइएको सो जमिनबाट ६ मेघावाट बिजुली उत्पादन हुने बताइएको छ । सो कम्पनीले लाइसेन्ससम्बन्धी सबै काम गरिसकेको छ ।

कम्पनीले नेपाल बिद्युत प्राधिकरणसंग ६ रुपैयाँ ६० पैसा प्रति युनिटमा २५ वर्षसम्मका लागि पीपीए गरिसकेको सोलार फार्म ग्रुपका अध्यक्ष मोहन गुरुङले बताए । उक्त परियोजनालाई एशियाली विकास बैंकबाट तीन बर्षको लागि १० रुपैयाँ प्रतियुनिटको दरले थप अनुदान पनि प्राप्त भएको छ ।

हाल कम्पनीको शेयर हस्तातरण सम्बन्धी प्रक्रिया चलिरहेको र यो प्रक्रिया सक्किने वित्तिकै निर्माण कार्य सुरु गरिने र छ महिना भित्रै निर्माण सम्पन्न गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए ।