८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुलाई सम्बोधन गर्ने

नेपालब्रिटेन डट कम्
२३ चैत्र २०७९, बिहीबार १०:१९

लण्डन् । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रवासमा रहेका नेपालीहरुलाई सम्बोधन गर्ने भएका छन् । नेपाली जनप्रगतिशील मंचका अनुसार प्रधानमन्त्रीले वैशाख १ गते नयां वर्षको अवसरमा शुभकामना दिन उक्त सम्बोधन गर्ने भएका हुन् ।

सांझ ७ बजे जुम मार्फत हुने कार्यक्रमलाई उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा माओवादीको संगठन विभाग प्रमुख जनार्दन शर्माले समेत सम्बोधन गर्ने बताइएको छ ।