४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए ढुकुटी रित्याउने अर्को खेल, चोरबाटोबाट तलव भत्ता १५ प्रतिशत बढाउन माग

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७९, आईतवार ०८:४१

लन्डन । गैरआवासीय नेपाली संघ ९एनआरएनए० भित्रको आर्थिक बेतिथि मौलाउदै गएको छ । कमजोर आर्थिक व्यवस्थापनका कारणले संघभित्रको ढुकुटी रित्याउन सक्रिय गिरोहले अर्को खेल सुरु गरेको सूचना नेपालब्रिटेन डट कमलाई प्राप्त प्राप्त भएको छ ।

विगत १ वर्षदेखि खेलकुद, सम्मेलन, आर्थिक सहयोगलगायतका बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरिएपछि अहिले सचिवालयका कर्मचारीको तलव भत्ता १५ प्रतिशतले बढाउन प्रस्ताव गरिएको छ ।

स्रोतका अनुसार गैरआवासीय नेपाली संघको ट्रेजरी समितिले वार्षिक बजेटमा १५ प्रतिशतसम्म कर्मचारीको तलव बढाउन सकिने प्रस्ताव गरेपछि काठमाडौंस्थित सचिवालयका कर्मचारीले तलव बढाउन लविङ गरेका छन् ।

संघका अध्यक्षमध्ये एक अनुसार कार्यकारी अधिकृत रविकिरण अधिकारले अर्का एक कनिष्ट अधिकृतमार्फत सो तलव भत्ता बढाउन लविङ्ग थालेका हुन् । स्रोतले भन्यो ‘कर्मचारीहरु आ–आफ्ना माग लिएर अध्यक्षकोमा जान्छन्, त्यो स्वभाविक हो । त्यसलाई अन्यथा लिनुहुदैन् तर, तलव भत्ता बढाउनु पर्ने कारण स्पष्ट हुनुपर्छ ।’

संघका एक उपमहासचिवका अनुसार नियमित प्रकृया अनुरुप १ ग्रेड कर्मचारीको तलवमान बढाउने निर्णय भए पनि १५ प्रतिशत तलव बढाउने कुनै औपचारिक निर्णय भएको छैन् ।

गैरआवासीय नेपाली संघका कोषाध्यक्ष फडिन्द्र पन्तले नेपालको कानून अनुसार नियमित प्रकृयाबाट बढ्ने तलव भत्ता बाहेक अन्य थप तलव बृद्धि गर्ने कुनै निर्णय भएको छैन् । पन्तले संघको आर्थिक क्षमता बृद्धि नगरेसम्म कर्मचारीको तलव सुविधा बृद्धि गर्ने कुनै योजना नरहेको जानकारी दिए ।

७ महिना अघि संघको केन्द्रीय कार्यालयको जिम्मा लिएका कार्यकारी निर्देशक रविकिरण अधिकारीले संघका पदाधिकारीलाई तलव भत्ता बढाउन पटक पटक दबाब दिएका छन् ।