लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संस्था एउटै रहेको बताएका छन् ।
डा. महतोले शुक्रवार काठमाण्डौंस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संस्थामा केही समस्या आए पनि संस्थागत रुपमा एनआरएनए एउटै रहेको बताए ।
उनले संघसँस्थामा समस्या आउन सक्ने भन्दै अब सबैले गल्तीबाट पाठ सिकेर एकताबद्ध हुनु पर्ने बताए । उनले गल्तीलाई आत्मसाथ गर्नुनै जीवनमा सबै भन्दा ठूलो शक्ति भएको बताए ।
उनले संघको ११ औं महाधिवेशन एउटै मंचमा बसेर हुनेमा संका नगर्न आग्रह गरे । उनले चौथो र पाचौं अध्यक्षको कुरा तपसिलको भएको बताए ।