१५ चैत्र २०८०, बिहीबार
Follow Us

मेरो चाहनालाई छोडेर पनि सर्वसम्मत नेतृत्वको लागि पहल गर्छु: डा. बद्री केसी, अध्यक्ष, एनआरएनए

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७९, मंगलवार ०३:३२

लण्डन् । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले संघको आगामी नेतृत्व सर्वसम्मतबाटै चयन हुने बताएका छन् ।
डा. केसीले अन्नपूर्ण दैनिकका लागि दिएको एक अन्तरर्वातामा सकेसम्म सर्वसम्मत नेतृत्व ल्याउने प्रयास गर्ने बताएका छन् । उनले भने “अहिलेको यो कार्यकालमा सकेसम्म सर्वसम्मत नेतृत्व ल्याउने प्रयास गर्छौं। यदि सर्वसम्मत भएन भने निष्पक्ष रूपमा निर्वाचन गराउने जिम्मेवारी मेरो छ। म जिम्मेवारी पूरा गर्छु। जबसम्म चुनावबाट टाढा राख्दैनौं तबसम्म केही न केही समस्या आइरहन्छन्।”

डा. केसीले ‘अहिले राष्ट्रिय, अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एकताको खाँचो छ। कसैले भत्ता वा विशेष सुविधा पाउने पनि होइन। यहाँ लिनभन्दा दिन गइरहेका छौं। यो दिन जाने संस्थामा पनि मनमुटाव हुँदा दुई चिरा हुने हो कि भन्ने डर थियो। चुनाव प्रक्रिया हो। धेरै महत्व दिनुहुँदैन। सदस्यता अभियान सकिएपछि राष्ट्रिय समन्वय समितिमा डेलिगेट्स आउनु अगावै अन्तर्राष्ट्रिय समन्वय समितिमा जाने साथीहरूलाई संयमता, धैयर्ता अपनाउन भनेको छु। मेरो पनि धैर्यता हुन्छ। त्यतिबेलासम्म मेरो चाहनालाई गुप्त रूपमा राखेर सर्वसम्मत बनाउने प्रयत्न गर्छु’ उल्लेख गरेका छन् ।

गत साता देखि संघको कार्यकारी भूमिका निर्वाह गरेका डा. केसीले विधान सामूहिक दस्तावेज भएका भन्दै सबैले पालना गर्नु पर्नेमा जोड दिएका छन् । उनले ‘यो व्यक्तिले चाहेर हुने होइन। त्यसैले सामूहिक बहुमतले पास गर्ने विधान हो। तर, अहिले विधान पास गर्दा बहुमतले नभई सर्वसम्मतले पास गरेका छौं। विधानमा सबैको सहमति छ भन्ने हाम्रो बुझाइ हो। तैपनि, कार्यान्वयन गर्दा केही साथीहरूलाई समस्या आयो भने हामी त्यसलाई विधानतः दायाँबायाँ नगरी सबैले मान्य गरी जानुपर्छ। असहमति हुन सकिन्छ विधान मानेर जानुपर्छ। यो डेमोक्रेसीको नियम हो’ भनेका छन् ।
अन्तरवार्ताको पूर्णपाठ