१२ बैशाख २०८१, बुधबार
Follow Us

खेलकुदमा युवाहरुलाई प्रोत्सान गरौं : कृष्णजीबी पन्त, एनआरएनए बरिष्ठ उपाध्यक्ष, अमेरिका

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७९, मंगलवार १८:२७

सुरेश कोइराला । अमेरिका । अमेरिकाको बाल्टिमोरमा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पर्वत समाजद्वारा आयोजित भलिबल प्रतियोगिता अप्रिल ८ र ९ गते बाल्टिमोरमा सम्पन्न भएको छ । सो प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्वमुख्य सचिव एवं सांसद ऋषिकेश तिवारीले गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै तिवारीले विदेशमा रहेर पनि नेपाली भाषा संस्कृतिको जर्गेना गर्नु पर्नेमा सुझाव दिए । उनले अमेरिकामा नेपाली समुदायले खेल क्षेत्रमा गरेको योगदानको प्रसंशा गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीबी पन्तले विदेशमा रहेका नेपालीहरुको ऐ‍क्यबद्धतालाई जोड दिँदै नयाँ पिढीलाई पनि नेपाली कला र साहित्यप्रति हौसला प्रदान गर्नु पर्ने विचार व्यक्त गरे ।

पर्वत समाज अमेरिकाका अध्यक्ष रविन शर्माको अध्यक्षतामा सम्पन्न खेलमा अमेरिकाबाट १२ टिमले भाग लिएका थिए । सो प्रतियोगितामा न्यूयोर्क प्रथम र ओहायो द्वितीय बने ।