११ बैशाख २०८१, मंगलवार
Follow Us

आईएमई लण्डनले ल्यायो नयां वर्षको विशेष योजना

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७९, बुधबार १८:३५

लन्डन । आईएमई लन्डनले नया वर्ष २०८० को अवसरमा विशेष योजना ल्याएको छ । आईएमई लन्डनले ल्याएको यस योजनामा ग्राहकहरुले पैसा पठाउँदा उत्कृष्ट
विनिमय दर प्राप्त गर्ने जनाएको छ । यो विनिमय दर योजना अहिले को उद्योगमा प्रदान गरेको मध्येमा उत्कृष्ट भएको दाबी गरेका छन् ।
आईएमई लन्डनले
बेलायत भित्र बस्ने ग्राहकहरूलाई संसारभरका सबै भागहरूमा पैसा स्थानान्तरण गर्न सेवाहरू प्रदान गर्दै आएको छ । आईएमई लन्डनले विभिन्न अवसर र चाडपर्वमा विभिन्न प्रचारप्रसार तथा ग्राहकका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । हाल, आईएमई लन्डनले भाग्यशाली ग्राहकहरूका लागि हाल IPHONE GIVEAWAY & GIFT HAMPERS योजना पनि लागु गरेको छ
आईएमई लन्डन बेलायतमा दर्ता भएको रेमिटेन्स कम्पनी हो । यसले सन् २००७ देखि पैसा हस्तान्तरण सेवाहरू उपलब्ध गराउँदै आएको छ । आईएमई लन्डनलाई
बेलायतको एचएमआरसी र एफसिएद्वारा नियमन गरिएको संस्था हो । यसको दर्ता मुख्य कार्यालय Pentax House, South Hill Avenue, South Harrow, London मा रहेको छ । थप जानकारीको लागि www.imelondon.co.uk को वेब साइटमा हेर्न अनुरोध गरिएको छ ।