१५ चैत्र २०८०, बिहीबार
Follow Us

युभेन्ट्ससँग स्पोर्टिङ सिपी पराजित

नेपालब्रिटेन संवाददाता
१ बैशाख २०८०, शुक्रबार ०४:५०

लन्डन । युइएफए युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्ट्सले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई पराजित गरेको छ । एलिएन्ज स्टेडियम टुरिनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सले  सिपीलाई १–० ले पराजित गरेको हो ।

युभेन्ट्सको जितमा दोस्रो हाफमा फेडरिको गाट्टीले गरेको गोल गरेका थिए, जुन निर्णायक बन्यो । यो जितसँगै युभेन्ट्सले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । स्पोर्टिङलाई सेमिफाइनलमा पुग्न कम्तीमा २–० को जित आवश्यक छ ।