१६ श्रावण २०८३, शनिबार
Follow Us

रास्वपा महाधिवेशन : प्रवासका प्रतिनिधिले मोबाइल एपबाट मतदान गर्ने

नेपालब्रिटेन संवाददाता
१० असार २०८३, बुधबार ०४:३५

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिहरूले विदेशबाट नै मतदान गर्न पाउने भएका छन्।

विदेशमा रहेका नेपाली सम्पर्क विभागबाट प्रतिनिधि चुनिएका तर महाधिवेशनमा उपस्थित हुन नसकेकाहरूका लागि पार्टीकै मोबाइल एपमार्फत मतदान गर्ने विशेष व्यवस्था मिलाइएको छ।

रास्वपाका अनुसार प्रवासबाट कुल १६३ जना प्रतिनिधि रहेका छन्। भौतिक रूपमा महाधिवेशन स्थलमा उपस्थित भएका प्रतिनिधिहरूका लागि भने मतदान प्रक्रियालाई सहज र छिटो बनाउन ८० वटा विद्युतीय मतदान मेसिन (इलेक्ट्रोनिक भोटिङ मेसिन) को व्यवस्था गरिएको छ।

धेरै पढिएको