१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालबाट बेलायत आएका सबै कलाकार एउटै थलोमा सम्मानित हुने

नेपालब्रिटेन डट कम्
८ बैशाख २०८०, शुक्रबार १५:३४

लण्डन । नेपालबाट बिभिन्न कार्यक्रममा सहभागी हुन बेलायत आएका सबै कलाकारलाई सम्मान गरिने भएको छ । नेपालब्रिटेन डट कमको वार्षिक अवसर पारेर ती कलाकारलाई सम्मान गरिन लागिएको नेपालब्रिटेन डट कमका संस्थापक अध्यक्ष चिरञ्जीबी ढकालले जानकारी दिए ।

नेपालब्रिटेन डट कमले आफ्नो १६ औं वार्षिकोत्सव आगामी मे २१ तारिख आइतवार लण्डनमा मनाउदैछ । सोही अवसर पारेर बेलायतमा रहेर नेपाल र नेपालीलाई चिनाउ मुख्य भूमिका खेलेका १० जना गैरआवासीय नेपालीलाई चर्चित व्यक्तित्वको रुपमा सम्मानसमेत गरिने भएको छ ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा हित्रोस्थित स्ट्यावेल कम्युनिटी हलमा आयोजना हुने सो कार्यक्रममा जापान, बेल्जियम, कतार, जर्मनीलगायतका देशबाट अतिथिहरु आउने बताइएको छ । कार्यक्रममा बेलायतस्थित नेपाली संचारकर्मी, संघसंस्थाका प्रतिनिधिहरु, कलाकारहरु, बुद्धिजीबीलगायत गैरआवासीय नेपालीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।