४ बैशाख २०८१, मंगलवार
Follow Us

युनाइटेड एफए कपको फाइनलमा

नेपालब्रिटेन संवाददाता
११ बैशाख २०८०, सोमबार ०२:११

लन्डन । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । ब्राइटलाइ टाइब्रेकरमा ७–६ ले पराजित गर्दै म्यानचेस्टर फाइनलको यात्रा सुनिश्चित गरेको हो । आइतबार राति वेम्वली स्टेडियम लन्डनमा निर्धारित तथा थप गरिएको समयमा पनि गोलरहित बराबरी भए पछि खेल टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा युनाइटेडका सबै खेलाडीहरुले गोल गरेर बिजेता बने पछि अब म्यान्चेस्टर युनाईटेड फाइनलमा म्यानचेस्टर सिटीसँगको खेल्नेछ ।

युनाइटेडका खेलाडीहरु ण्मार्सेल सवित्जर, वोउट वेगह्रस्ट क्यासमिरो, मार्कस रासफर्ड, डिएगो डालोट, जेडान सान्चो,र भिक्टर नेल्सन लिन्डेलफले हानेको बल ब्राइटनका गोल किप्परले सामान गर्न सकेनन । र, अन्ततः युनाइटेडको सबै गोल हुन पुग्यो ।

उता, ब्राइटनका खेलाडीहरु पेर्भिस इस्टुपिनान, लेविस डन्क, एलेक्सिस म्याक एलिस्टर, डेनिज अन्डभ, एडम वेवस्टेर र पास्कल ग्रसले गोल गर्न सफल भए पनि सोली मार्च चुक्दा खेल म्यान्चेस्टर युनाईटेडको पक्षमा पुग्यो । म्यानचेस्टर डर्वीमा ३ जुनमा हुने फाइनलमा युनाइटेडले  म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।