१५ बैशाख २०८१, शनिबार
Follow Us

गैरआवासीय नेपाली संघ बेलायतको निर्वाचन समिति गठन, संयोजकमा चिरन्जिबी ढकाल

नेपालब्रिटेन डट कम्
११ बैशाख २०८०, सोमबार १२:३५

लण्डन। गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए युके) को आइतबार बसेको राष्ट्रिय समन्वय परिषदको बैठकले सर्वसम्मतिले निर्वाचन समिति गठन गरेको छ।

बैठकले आगामी २०२३-२५ कार्यकालको लागि जुलाई २२ मा हुने निर्वाचनको लागी निर्वाचन समितिको संयोजकमा संघका संस्थापक सचिव चिरन्जिबी ढकाललाई नियुक्ति गरेको छ। समितिका अन्य सदस्यहरुमा तमुधि युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम् पत्रकार बिपिन निरौला रहेका छन्। सात सदस्यीय निर्वाचन समितिका बाँकी चार सदस्यहरु अध्यक्ष सुनिल बाबु खडकासंग सरसल्लाह गरी थप्ने अधिकार निर्वाचन समिति संयोजकलाई दिने निर्णय गरिएको छ।

गैरआवासीय नेपाली संघ बेलायतका प्रवक्ता शशांक शर्माका अनुसार बैठकले संघको २०२३-२५ कार्यकालको लागी उपाध्यक्ष रामचन्द्र पोखरेलको नेतृत्वमा छिटैनै बेलायतका गैरआवासीय नेपाली संघलाई माया गर्ने सामाजिक अभियन्ताहरुलाई राखी सदस्यता ड्राइभ समिति बनाइनेछ।

संघका अध्यक्ष सुनिल बाबु खडकाको अध्यक्षतामा जुममा बसेको उक्त बैठकले सदस्यता आवेदनको अन्तिम मिति जुन २३ निर्धारण गरेको छ भने संघको ११औ अधिवेशन जुलाई १६ र संघको २०२३-२५ को कार्यसमितिको निर्वाचन २२ जुलाईमा गर्ने निर्णय गरेको छ।