१६ चैत्र २०८०, शुक्रबार
Follow Us

आर्सनलको पोष्टमा सिटीको गोलको बर्षा

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०८०, बिहीबार ०७:२२

लन्डन । इंग्लिस प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्न पुगेको छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनलमाथि सानदार जित दर्ता गरे पछि उपाधी होड रोमाञ्चक बन्न पुगेको हो ।

सिटीले घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा आर्सनलमाथि ४–१ को जीत निकाल्दै उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । आर्सनललाई हराएको सिटीले अब खेल्न बाँकी रहेकाे दुई खेलमा यदी बिजयी भएमा ४ अंकले अघि बढने छ ।

बुधवार राती भएकाे खेलकाे सातौं मिनेटमा केभिन डि ब्रुएनाले सुरुवात गोल हानेर खेललाई १–० को अघि बढाए । पहिलो हाफको इन्ज्युरी समयमा जोन स्टोन्स थप अर्को गोल गर्दै सिटीको अग्रता दोब्बर पारिदिए  ।

आर्सनलको पोष्ट गोल हान्ने क्रम अझै रोकिएन । दोस्रो हाफको ५४औं मिनेटमा ब्रुएनाले व्यक्तिगत दोस्रो तथा टोलीकालागि तेस्रो गोल गरेपछि सिटी ३–० को अन्तरले उपाधी होडतर्फ लम्काइदिए । तर, ८६औं मिनेटमा आर्सनलका रोब होल्डिङले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याई दिए ।

घरेलु मैदानमा सिटी रोकिने पक्षमा भने देखिएको थिएन, उसले दोस्रो हाफको इन्ज्युरी समयमा पनि गाेल हानिदियाे । हालान्डले फिल फोडेनको पासमा अन्तिम गाेल गरे । अन्ततः सिटीले ४–१ को सानदार जितसहित उपाधी होडमा आफुलाई अब्बल सावित गरिदियो ।

यस खेलसँगै आर्सनल र सिटीको अंक दुई मात्रै फरक परेको छ । शीर्षस्थानमा रहेको आर्सनलको ३३ खेलबाट ७५ अंक छ भने सिटीले ३१ खेलबाट ७३ अंक बटुलेको छ । बाँकी रहेका दुबै खेलमा जीत हासिल गरे सिटीले आर्सनललाई  २ अंकले पछि पार्नेछ ।

चेल्सीको लगातार पाँचौ हार
ईंगलिस प्रिमियर लिगको जारी खेलमा चेल्सी पराजित हुन पुगेको छ । घरेलु मैदानमा नै चेल्सी ब्रेन्टफर्डसँग २–० ले पराजित हुन पुगेको हो । चेल्सीको यो लगातार पाँचौं हार हो ।  स्टामफोर्ड ब्रिजमा बुधवार राती भएको भएको खेलको ३७औं मिनेटमा चेल्सीका कप्तान सिजर एज्पिलिक्वेटाको आत्मघाती गोल गरेर टोलीलाई पछि पारेका थिए । अन्ततः कतैवाट पनि थप गोल हुन नसके पछि खेल पहिलो हाफमा १–० मा नै टुंगियो ।

दुबै टोली एक अर्काको पोष्टमा गोल हान्नका लागि दबाब बढाए पनि सफल हुन सकेनन्  । तर, खेलको ७८औं मिनेटमा ब्रेन्टफर्डका ब्रायनले गोल थप गरे पछि खेल अन्तत २–० मा टुंगियो । यस पराजयसँगै चेल्सी ३२ खेलबाट ३९ अंक जोडेर ११औं स्थानमा छ भने ब्रेन्टफर्ड ३३ खेलबाट ४७ अंक जोडेर नवौं स्थानमा उक्लिन पुगेको छ ।