१३ बैशाख २०८१, बिहीबार
Follow Us

आर्सनललाई आत्माघाती गोल उपहार

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०८०, सोमबार ०५:५५

लन्डन । इंग्लिस प्रिमियर लिगकाे जारी खेलमा आर्सनलले सहज जीत निकालेकाे छ । आर्सनलले घरेलु टोली न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सहज जीत दर्ज गराएकाे हाे ।

सेन्ट जेम्स पार्कमा आइतबार राति भएको खेलको १४औं मिनेटमा कप्तान ओडेगार्डले गोल गर्दै आर्सनललाई १-० को सुरुवाती अग्रता दिलाए । र, पहिलो हाफमा दुबैतर्फवाट कुनै गोल हुन नसके पछि खेल १–० मा टुंगिन पुग्यो ।

तर, दोस्रो हाफको ७१औं मिनेटमा न्युक्यासलका फावियनले आत्मघाती गोल गरेपछि आर्सनल सहज रुपमा २-० ले विजयी हुन पुग्यो । यस जितसँगै आर्सनलले ३५ खेलबाट ८१ अंक बटुलेको छ भने पराजित न्यूक्यासल ३४ खेलबाट ६५ अंक जोडेर तेस्रो स्थानमा छ ।

म्यानचेस्टरले तेस्रो स्थानमा उक्लिने मौका चुकायो
म्यानचेस्टर युनाइटेड पराजित हुन पुगेकाे छ  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै बेष्ट हयामले आफनो जीत पक्का गरेको हो । आइतवार राती भएको खेलको २७ औं मिनेटमा सेड बेनराहमले गरेको गोल नै निर्णायक हुन पुग्याे । त्यसपछि दुवै टोलीवाट एक अर्काको गोल पोष्टमा गोल गर्नका लागि निरन्तर प्रहार भए पनि दुवै टोली असफल हुन पुथ्यो ।

र, खेल १-० मा नै टुंगियो । यस हारसँगै म्यानचेस्टरकाे तेस्रो स्थानमा उक्लने प्रयास भने रोकिन पुगेको छ  । तर, ३४ खेलबाट ६३ अंक जोडेर म्यानचेस्टर चौथो स्थानमा भने यथावत नै छ भने  पराजित वेस्ट ह्याम ३५ खेलबाट ३७ अंक जोडेर १५ औं स्थानमा छ ।