१३ बैशाख २०८१, बिहीबार
Follow Us

भिडियोमा हेर्नुहोस् एनआरएनए १५ औं क्षेत्रीय सम्मेलन !

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०८०, मंगलवार ०४:३५

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औँ क्षेत्रीय सम्मेलन चेक रिपब्लिकको राजधानी प्रागमा मे ५, ६ र ७, २०२३ मा भब्यरुपमा सम्पन्न भयो । ३ दिनसम्म चलेको सम्मेलनमा प्रमुख अतिथिको रुपमा माननीय परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, विशिष्ट अतिथिकोरुपमा संविधानसभाका अध्यक्ष माननीय सुवास नेम्वाङ, नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखक, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद माननीय मनिष झा, नेकपा माओवादीका नेता तथा संबिधान सभा सदस्य खिमलाल देवकोटा लगायतको विशेष उपस्थिति थियो । सम्मेलनमा भएका विभिन्न सत्रमा उपस्थित प्रतिनिधिहरु स्मार्ट एनआरएनए, सदस्यता वितरण, निर्वाचन प्रकृया, एनआरएनए विधान र राष्ट्रिय समन्वय परिषद्हरु बीचको सञ्जालको बारेमा छलफल भयो ।

सम्मेलनमा राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन, महिला सम्मेलन, एनआरएन बिचको ब्यापक एकता (मिलाप), एनआरएनए मेघा प्रोजेक्ट, नेपाल प्रबर्धन, १० अर्ब लगानी, नेपाली नागरिकताको निरन्तरता, प्रवासबाट मतदानको अधिकार, सामाजिक सुरक्षा कोष, सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण लगायतका विषयमा समेत व्यापक छलफल भयो । सम्मेलनमा विश्वका ३९ देशका करिब ३ सय प्रतिनिधिहरु सहभागी भएको सम्मेलनमा उपस्थित प्रतिनिधिहरुको सुझावका आधारमा निम्नानुसारको प्राग घोषणापत्र जारी गरिएको छ ।