१२ श्रावण २०८१, शनिबार
Follow Us

घले समूहको गतिविधि अवैधानिक हो : एनआरएनए उपाध्यक्ष, महेश श्रेष्ठ

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०८०, मंगलवार १९:४५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष महेश श्रेष्ठले गैरआवासीय नेपाली संघ एउटै रहेको बताएका छन् ।
श्रेष्ठले एनआरएनए स्पेनले मंगलबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल सरकारमा दर्ता भएको गैरआवासीय नेपाली संघ एउटै रहेको बताए । उनले भने ‘नेपाल सरकारले मान्यता दिएको परराष्ट्रमन्त्रालयमा दर्ता भएको एक मात्र संस्था एनआरएनए हो । अर्को समूहले मान्यता पाउने सम्भवना छैन् ।’

श्रेष्ठले पूर्वअध्यक्ष शेष घले समूहले आफ्नो समूहलाई आधिकारिकता दावी गरे पनि परराष्ट्र मन्त्रालयले अस्वीकार गरेको बताए ।
उनले ‘घले समूहले उच्च अदालतको फैसला विपरित अधिवेशन गरेको परिस्थितीमा फेरी सोहि समूहले गरेको अधिवेशनले मान्यता पाउने गरि मुद्दा जित्ने सम्भवना कम रहेको’ बताए । उनले प्रतिप्रश्न गरे ‘अदालतले नै महाधिवेशन नगर्नु भनेर फैसला सुनाए पछि गरेको महाधिवेशनले कसरी मान्यता पाउछ ?’

उनले घले समूहले याक एण्ड यतिमा रहेको अधिवेशन अवैधानिक भएको बताए । उनले अवैधानिक गतिविधि गरिरहेको समूहलाई समेटेर लैजाने उदेश्यले वार्ताको प्रयास भैरहेको बताए । उनले सो समूहसंगको वार्ता सफल नभए पनि संघ अघि बढ्ने दावी गरे ।

श्रेष्ठले नेपालसंग साझेदारी गर्न सक्ने संस्था गैरआवासीय नेपाली संघ मात्र भएको बताए ।

उनले नेपाल सरकारसंग दर्ता भएको संस्थालाई बलियो बनाएर लैजाने विकल्प नभएको बताए । उनले वर्तमान कार्यसमितिमा तीन जना अध्यक्ष हुदाँ सार्वजनिक रुपमा नराम्रो देखिए पनि संघभित्र ठूलो समस्या नरहेको बताए । उनले गैरआवासीय नेपाली संघको नाम, लोगो संरक्षण गर्नु संस्थाको कर्तव्य भएको बताए ।