१३ बैशाख २०८१, बिहीबार
Follow Us

नम्बरी सुनको शिर्ष गीत सार्वजनिक

नेपालब्रिटेन संवाददाता
४ जेष्ठ २०८०, बिहीबार ०६:३१

नारायण खातीको निर्माणमा तयार भएको फिल्म ‘नम्बरी सुन’को पहिलो गीत सार्वजनिक भएको छ । फिल्मको शिर्ष गीतमा राजेश पायल राइ र शान्ती श्री परियारको स्वर छ । पत्रकार सम्मेलनमा फिल्मको शिर्ष गीत सार्वजनिक गरिएको हो । नारायण खातीको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत छ ।

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायक गौरव पहारी र नायिका नम्रता सापकोटाले नृत्य गरेका छन् । फिल्ममा सरोज खनाल, वुद्दि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीको अभिनय छ ।

फिल्ममा दिव्य सुवेदीको छायांकन, गौतम राज खड्काको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शिवम् अधिकारीको कथा तथा पटकथा छ । यो फिल्ममा सरोज खाती, सविन खाती र मनोज रिजालको लगानी छ । फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् ।

यो फिल्म भदौको १ गतेबाट रिलिज हुँदैछ । फिल्म रिलिजको ३ महिना अगावै निर्माणपक्षले प्रचार आरम्भ गरेको हो ।