१८ श्रावण २०८३, सोमबार
Follow Us

रेलको ठक्करबाट रोमानियामा २ नेपालीको मृत्यु

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०८३, सोमबार १०:३२

लण्डन । रोमानियाको पूर्वी सहर बकाउमा रेलको ठक्करबाट आइतबार बिहान दुई नेपालीको मृत्यु भएको छ । उनीहरुको पहिचान सार्वजनिक गरिएको छैन ।

बकाउस्थित आपतकालीन अवस्था निरीक्षणालय (आईएसयू) द्वारा जारी विज्ञप्तिअनुसार आइतबार बिहान ३ः२१ बजे चिमिएई सडक क्षेत्रस्थित रेलमार्गमा हिँडिरहेका दुई जनालाई रेलले ठक्कर दिएको थियो । घटनालगत्तै एम्बुलेन्स, उद्धारकर्मी तथा चिकित्सकको टोली घटनास्थलमा परिचालन गरिएको आईएसयूले जनाएको छ । घटनास्थलमा पुगेका उद्धारकर्मीले दुई जनालाई मृत अवस्थामा फेला पारेका हुन् ।

घटनाबारे अनुसन्धान सुरु गरिएको रोमानियाली प्रहरी र रेल्वे अधिकारीहरूले जनाएका छन् । ‘उनीहरू कसरी रेलमार्गमा पुगेका थिए । दुर्घटना कुन परिस्थितिमा भएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

धेरै पढिएको