७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालब्रिटेन डट कमको वार्षिकोत्सव आइतवार

नेपालब्रिटेन डट कम्
५ जेष्ठ २०८०, शुक्रबार ०४:१४

लण्डन । बेलायतमा रहेर नेपाल र नेपालीलाई चिनाउ उल्लेख्य भूमिका निर्वाह गरेका १० जना नेपालीहरुलाई विषेश सम्मान गरिने भएको छ ।
बेलायतबाट बिगत १६ वर्ष देखि संचालित समाचार प्रोटल नेपालब्रिटेन डटको वार्षिकोत्सवको अवसरमा चर्चित १० जनाको नाम घोषणा गर्न लागिएको हो ।

नेपालब्रिटेड डट कमका संस्थापक अध्यक्ष चिरन्जीबी ढकालका अनुसार आगामी आइतवार हित्रोस्थित स्ट्यानवेल कम्यूनिटी हलमा आयोजित एक समारोहमा उनीलाई मिडिया प्रशनालिटि अफ दि इयरले सम्मान गरिने छ ।

सर्वसाधारणहरुको समेत नोमिनेशनबाट प्राप्त तीन दर्जन नामबाट १० जनालाई सो सम्मान प्रदान गर्न लागिएको नेपालब्रिटेन डट कमले जनाएको छ । सो अनलाइन प्रोटलले वार्षिक रुपमा बेलायतमा सकृय समाजसेवीहरुलाई सम्मान गर्दै आएको छ ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुखआतिथ्यमा हुने सो समारोहमा बेलायतस्थित नेपाली संचारकर्मी, गैरआवासीय नेपाली संघका अभियान्ता, बुद्धिजीबी, समाजसेवी लगायत नेपालबाट आएका चर्चित कलाकारहरुको समेत उपस्थिती रहनेछ ।

दिउंसो एक बजेबाट शुरु हुने कार्यक्रममा नेपालबाट आएर बेलायतका बिभिन्न क्षेत्रमा आफ्नो प्रस्तुती दिने कलाकारहरुलाई समेत सम्मान गरिने छ । कार्यक्रममा नेपालब्रिटेन डट कमका सहयोगी, शुभचिन्तक तथा विज्ञापनदाताहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । नेपालब्रिटेन डट कम बेलायबाट संचालित पहिलो नेपाली भाषाको समाचार प्रोटल हो ।