८ बैशाख २०८१, शनिबार
Follow Us

सुदूरपश्चिममा आज मन्त्रीमण्डल विस्तार हुँदै

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार ०६:२२

कैलाली । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ ।
संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुंगिएको जानकारी दिनुभयो ।नेता भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुग्याइएको हो ।

उनीहरुले आज सपथ ग्रहण गर्ने नेता पनि भट्टले बताउनुभयो ।यसअघि कञ्चनपुरका ओमबिक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी बिक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए । तर अन्मित समयमा भने उनीहरुको नाम काटिएको हो ।

नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बन्नु भएका कमलबहादुर शाहले सरकारले शुक्रबार पूर्णता पाउने जानकारी दिनु भयो ।

मुख्यमन्त्री शाहले दलहरुबीच भागवण्डा मिलेकाले आज सरकारलाई पूर्णता दिइने बताउनुभयो।