१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चर्चित व्यक्तित्वको सूचिमा सन्तोष शाह

नेपालब्रिटेन संवाददाता
११ जेष्ठ २०८०, बिहीबार १८:३७

लण्डन । नेपालब्रिटेन डट कमले आइतवार सार्वजनिक गरेको चर्चित व्यक्तिको सूचिमा शेफ सन्तोष शाह परेका छन् ।

सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वानमा गत वर्ष प्रसारित फाइनलमा नेपाली सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरूलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।

सिरहाका सन्तोषले १८ विभिन्न नेपाली ‘भेगन’ खाना प्रस्तुत गरेका थिए । दोस्रो चरणको ‘फेस्टिभ फिस्ट’ मा उनले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेडांको चट्नी, कटर पोलेको, मालपुवा, बुनियाँजस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए । निर्णायकले सन्तोषको खानाको तारिफ गर्दै उनलाई उपाधि दिलाएका थिए ।

बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सन्तोषको ख्याति गत वर्षदेखि चुलिएको थियो । गत वर्ष ३४ चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा साह विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए ।